सोमवार, जेष्ठ ७, २०८१

परिवर्तनको लागि सौर्य समाजको अध्यक्षमा रमिला

काठमाडौं भाद्र २६,
परिवर्तनको लागि सौर्य समाज काठमाडौंको प्रारम्भिक साधारणसभाले ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अध्यक्ष रमिला श्रेष्ठको अध्यक्षतमा वठित नयाँ कार्य समितिको उपाध्यक्ष, सचिव सहसविच र कोषाध्यक्षमा क्रमस शान्ति श्रेष्ठ आचार्य, अनुपमान राजभण्डारी, अनुज भण्डारी,सूर्य बहादुर अधिकारी र सहकोषाध्यक्षमा प्रतिमा श्रेष्ठ रहेकी छिन ।

त्यस्तै कार्य समिति सदस्यमा प्रल्हाद दाहाल, राधा ज्ञावली,रमेश श्रेष्ठ,विनिता पुरी, रेना शाक्य चयन भएको प्रमुख निर्वाचन अधिकृत प्रल्हाद महतले जानकारी दिनुभएको छ ।

यसअघि आयोजित साधारण सभाको उद्घाटनसत्रका प्रमुख अतिथि संघीय संसा सपना राजभण्डारी जोशीले संस्थाको विधानत अन्र्तनिहित लक्ष्य अत्यन्तै राम्रो भएको र आगामी दिनमा संस्था पक्कै पनि नमुना संस्थाको रुपमा अगाडी बढ्ने बताउनुभयो ।

त्यस्तै विशेष अतिथि संविधना सभाकी सदस्य राज्यलक्ष्मी श्रेष्ठले संस्था स्थापना गर्नु भन्दा पनि स्थापित संस्थाको निरन्तरता महत्वपूर्ण पक्ष भएको बताउँदै विधानत निर्दिष्ट उद्देश्य प्राप्ति तर्फ उन्मुख हुन आवश्यक रहेको बताउनुभयो ।  त्यस्तै मानव अधिकार संगठनका उपाध्यक्ष सुरेन्द्र मानन्धरले नवगठित संस्था मुलत मानविय सेवामा दत्तचित्र हुँदै क्रियाशील हुने विस्वास व्यक्त गर्नुभयो ।

 संस्थाकी अध्यक्ष रमिला श्रेष्ठ शाक्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सदस्य एवं प्रवक्ता विनिता पुरीले संस्थाको उद्देश्यको बारे जानकारी दिनुभएको थियो भने संस्थाकी सदस्य राधा ज्ञावालीले स्वागत मनत्व्य र कोषाध्यक्ष सूर्य वहादुर अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको औपचारिक सत्रको सञ्चालन सचिव अनुप मान राजभण्डारीले गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031