सोमवार, जेष्ठ ७, २०८१

श्रद्धाञ्जली अर्पण गर्दै पार्टी अध्यक्ष ओलीले भने- नेम्वाङ हितैषी मित्र र सुख दुःखको साथी

काठमाडौं भाद्र २६,
नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी भएको स्मरण गरेका छन् ।

पार्टी अध्यक्ष ओलीले आफ्नो सामाजिक सञ्जाल मार्फत पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित हृदयघातका कारण निधन भएपछि समवेदना व्यक्त गर्ने क्रमममा यस्तो अभिव्यक्ति दिनुभएको हो ।

त्यस्तै उहाँले सामाजिक सञ्जालमा लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैँ सम्झिने उल्लेख गर्दै नेम्वाङ मृदुभाषी, विनम्र, शालीन व्यक्तित्व रहेको जनाउँदै भावपूर्ण श्रद्धाञ्जली सहित जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएकोछ ।

श्रद्धाञ्जली अर्पण गर्दै पार्टी अध्यक्ष ओलीले भने- नेम्वाङ हितैषी मित्र र सुख दुःखको साथी

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031