सोमवार, जेष्ठ ७, २०८१

औषधिका थोक व्यवसायी प्रतिकुलका कुनै पनि निर्णय अमान्य

काठमाडौं भाद्र २४,
नेपाल औषधि थोक व्यवसायी संघ पिडानको सातैं केन्द्रीय साधारण सभा शनिवार सम्पन्न् भएको छ।  औषधि व्यवस्थाविभागका महानिर्देशक नारायण ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले नेपाली औषधि बजारमा औषधिका थोक व्यवसायीले यो वा त्यो नाममा झेल्दै आएका यावत समस्याको सुक्ष्म विश्लेषण गरिएको थियो ।

देशभर विस्तारित प्रादेशिक समितिका अध्यक्ष , जिल्ला अध्यक्ष लगायत थोक व्यवसयीहरुको बाक्लो उपस्थिती रहेको साधारण सभामा संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले पछिल्लो समय औषधिको बजारमा नितिगत निर्णय भन्दै निहित स्वार्थका लागि औषधिका थोक व्यवसायी प्रतिकुल रहेका कुनै पनि निर्णय संघको लागि मान्य नभएको बताउनुभयो ।

साथै उहाँले विभागका महानिर्देशक मार्फत राज्यको सरोकारवाला मन्त्रालयको ध्यनाकर्षण गराउँदै थोक औषधि व्यवसायी मैत्रीनितिको प्रभावकारी कार्यान्वयन गर्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै साधारण सभाले संघका महासचिव गणेश नेपालको साङ्गठनिक प्रतिवेदन , कावा कोषाध्यक्ष राजेन्द्र थापाको आर्थिक प्रतिवेदन अनुमोदन गर्दै संघको भावी कार्ययोजनालाइ प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

साथै यसअघि संघको कोषाध्यक्षको जिम्मेवारीमा रहेका विनोद ढकालको गैर जिम्मेवारीका कारण संघको लक्ष्य प्राप्तिको मार्ग अवरुद्ध भएको निष्कर्ष सहित कावा अध्यक्ष थापालाइ कोषाध्यक्षको कार्याधिकारको जिम्मेवारी अनुमोदन गरेको छ । साधारण सभामा उपाध्यक्ष माधव प्रसाद अधिकारी  लगायतले वोल्नु भएकोथियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031