सोमवार, जेष्ठ ७, २०८१

तीनदिने विपी साहित्य महोत्सव अन्र्तगत यस्ता छन् कार्यक्रमहरु

ललितपुर भाद्र २४,
नेपाली साहित्यका शिखर पुरुष बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपामा आयोजित ‘बीपी साहित्य महोत्सव –२०८०’ शुरु भएको छ। महोत्सवको पहिलो दिन ‘हाईज्याकिङ फर डेमोक्रेस’ डकुमेन्ट्री प्रस्तुत गरिएको छ। त्यस लगत्तै महोत्सवको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महोत्सवको भव्य समारोहबीच उद्‍घाटन गर्नुभएको थियो ।

 महोत्सवको पहिलो दिन प्राडा अभि सुवेदीको ‘बीपी साहित्य सृजना र जीवन दर्शन’ विषयमा सम्भाषण प्रस्तुत भएको छ। त्यसपछिको सत्रमा ‘बीपीका दृष्टिमा बीपी’ विषयमा साहित्यकार भुवन ढुंगाना, प्राध्यापक कृष्ण खनाल, लेखक सीके लालको प्रस्तुतिसंगै साहित्यकारहरू राम लोहनी, कोमल फुयाल र साधना प्रतिक्षाले ‘बीपीका आख्यानमा मनोविश्लेषण’ विषयमा भनाइ राखिरहेका छन् ।

 यसपछि ‘साहित्यमा पर्यावरण’ विषयमा अम्मराज लोहनी, तीर्थबहादुर श्रेष्ठ र संगीता रायामाझीको प्रस्तुति हुनेछ। आइतबारको अन्तिम सत्रमा बमकुमार वुढामगर, अमृत योञ्जन र चन्द्र किशोरले ‘नेपालको मातृभाषा साहित्य’ विषयमा विचार राख्ने छन् । आज साँझ २० जना कवि र कवयित्रीले कविता वाचन गर्नेकार्यक्रम रहेको छ । त्यस्तै महोत्सवको दोस्रो दिन बिहान ९ बजे ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिने भएको छ। त्यसपछि प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्नेछन्।

सोमबार नै हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा मन्तव्य राख्ने छन्। सोमबार दिउँसो २ बजे पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्वमन्त्री डा। नारायण खड्का, प्रदीप ज्ञवाली र ईन्द्र अधिकारीले ‘अन्तराष्ट्रिय राजनीति र कुटनीतिमा बीपी’ विषयमा मन्तव्य राख्ने कार्यक्रम रहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन्।

त्यसपछि सोमबारको अन्तिम प्रस्तुतिको रुपमा साहित्यकारहरू बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा, सुविन भट्टराईले ‘युवा स्रष्टामा बीपी पठन’ विषयमा प्रस्तुति  हुनेछ । सोमबार साँझ ३० जना गजलकारहरूले गजल साँझमा जोडदार प्रस्तुति दिनेछन्।

महोत्सवको तेश्रो तथा अन्ति दिन बिहान ९ बजे ‘तीन घुम्ती’ चलचित्र प्रस्तुति गरिने भएको छ। तेस्रो दिनको पहिलो सत्रमा प्रा।डा। केदारभक्त माथेमाले बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा सम्भाषण दिनेछन् ।

दिउँसो १२ बजे चित्रलेखा यादव, आहुति र मोहना अन्सारीले ‘समावेशिता, सामाजिक रुपान्तरण र बीपी’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। ‘समय र सवाल्र्टन’ विषयमा शिव रिजाल, तारालाल श्रेष्ठ र धनकुमारी सुनारले मन्तव्य राख्ने कार्यक्रम छ। दिउँसो साढे २ बजे ‘बीपीका आख्यानमा नारी’ विषयमा नारायण चालिसे, रेणुका थापा, ज्ञानु अधिकारी र उमा सुवेदीले आफ्नो भनाई प्रस्तुत हुनेछ ।

महोत्सवको अन्तिम दिन ‘परिवारले बुझेका बीपी’ विषयमा डा।शेखर कोइराला, सुजाता कोइराला र डा.शशांक कोइरालाले भनाई राख्नेछन्। महोत्सवको अन्तिम दिन कुटुम्ब व्याण्डले सांगीतिक प्रस्तुति दिने भएको छ ।
महोत्सवको बीचमा मुकेश मल्ल, सुनिता राणा, प्रमिला परियार, भीषण राजभण्डारी, किरण सिगु, किरण मानन्धर, नगेनसिंह ठकुरी, विजय थापा, जजुकाजी श्रेष्ठ, रविन कोइराला, धनबहादुर धाख्खा र महेश आचार्यले वक्ताहरूको लाईभ आर्ट गर्नेछन्।  महोत्सवको नेपाली कांग्रेसको आयोजना तथा नेपाली लेखक संघ,नेपाल सांस्कृतिक महासंघ, फाइन आर्ट र निरन्तर शनिबारको संयोजनमा हुँदै गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031