सोमवार, जेष्ठ ७, २०८१

कांग्रेस रुपान्तरण अभियानद्वारा ८ बुँदे आचारसंहिताको घोषणा

काठमाडौं भाद्र २४,

कांग्रेस रुपान्तरण अभियानद्वारा आचारसंहिताको घोषणा नेपाली कांग्रेस भित्र संचालित रुपान्तरण अभियानको दोश्रो चरणको कार्यक्रम आज काभ्रेको धुलिखेलबाट प्रारम्भ भएको छ। मंसीरमा हुन गइरहेको महासमिति बैठकलाई नीतिगत र सांगठनिक हिसावले रुपान्तरणका मुद्दाका पक्षमा परिणामदायी बनाउने लक्ष्य बोकेको यो चरणको कार्यक्रम मुलुकको ७७ वटै जिल्ला, १६५ प्रतिनिधिसभा क्षेत्रमा पुग्ने भएको छ।

११० औं वीपी जन्मजयन्तिको अवसरमा अभियानमा संलग्न अभियन्ताहरुले आफ्नो ८ बुँदे आचारसंहिताको घोषणा गरेका छन। घोषित ८ बुँदे आचारसंहितामा अभियानका क्रममा विभिन्न जिल्लाको भ्रमणमा जाँदा महंगो होटेलमा नबस्ने, पार्टी सदस्यहरुको घरपरिवारमा बस्ने, तडकभडक खर्चिलो यात्रा नगर्ने, माला(खादाको प्रयोग नगर्ने, मदिरा सेवन नगर्ने, तोकिएको समय मै कार्यक्रम आरम्भ गर्ने, विषयकेन्द्रित मन्तब्य मात्र राख्ने तथा संवोधन संक्षिप्त गर्ने आदि बुँदा समेटिएका छन।

सहभागी सबैलाई सीके प्रसाई लिखित “आजको सरल राजनीति” र जिनाईन जातको केराको विरुवा हस्तान्तरण गरेर सुरु गरिएको कार्यक्रममा सहभागीहरुले पार्टी रुपान्तरण र पार्टीले अब अवलम्बन गर्नुपर्ने नीति एवं विधि सम्वन्धी कविता समेत वाचन गरेका थिए।

कार्यक्रमान केन्द्रीय सदस्य मधु आचार्य, डा। गोविन्दराज पोखरेल, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, जगदीश्वर नर्सिंग केसी, भरत बहादुर खड्का, रंजित कर्ण, रिता साही, डा। सीता घिमिरे, विजुला वर्मा, अच्युत पौडेल, महेश खरेल लगायतले संवोधन गर्दै पार्टीको सही र शीघ्र रुपान्तरणले मात्र कांग्रेसलाई जनताको कांग्रेस बनाउने दावी गरेका थिए ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031