सोमवार, जेष्ठ ७, २०८१

ऐतिहासिक महत्वका ढुङ्गेधाराको कलात्मक जिर्णोद्वार हुँदै [फोटो फिचर]

काठमाडौं भाद्र २३,
काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा पाइने ऐतिहासिक महत्वका ढुङ्गेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आफ्नो छुट्टै पहिचान बोकेको  छ ।  पानीको अभाव झेलिएको अहिलेको अवस्थामा यसका विभिन्न स्रोतका विकल्पमध्ये एक उपयुक्त विकल्पको रुपमा पहिचान गरिएको ढुङ्गेधाराको सरंक्षण हुन नसक्दा कतिपय ढुङ्गेधारा लोप समेत भइसकेको छन ।

काठमाडौंका महाननगर वडा.न १९ मा मात्र यस्ता आधादर्जन ढुङ्गेधारा रहेका छन । यसमध्ये केहि ढुङ्गेधारामा निरन्तर पानी बगिराखेका छन भने कतिपयमा वर्षाको समयमा मात्र पानी झर्ने गरेका छन । त्यस्तै एकाध ढुङ्गेधारा त सुकिसकेका छन् ।

यद्यपी पाटीपौवासंगै कलात्मक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण ऐतिहासिक महत्वका ढुङ्गेधाराको संरक्षण गर्नुपर्छ भन्ने मान्यतालाइ स्वीकार गर्दै काठमाडौं महानगर वडा न. १९ ले ढुङ्गेधारा संरक्षण कार्यक्रमको सुरवात गरेको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।

पानी आएपनि नआएपनि ढुङ्गेधारालाइ कलात्मक रुपमा जिवन्त राख्नका लागि आफ्नो वडामा रहेको ढुङ्गेधारामध्ये केहि समय अघि बन्जाहिटीको कलात्मक जिर्णोद्वार गरिएको बताउँदै अवको चरणमा ढोकाटोलस्थित स्थानीय भाषामा पौँचाहिटी नामले प्रख्यात ढुङ्गेधाराको कलात्मक जिर्णोद्वार गर्ने कार्यको थालनी भइसकेको बताउनुभयो । साथै केहि समयअघिमात्र ढुङ्गेधारा परिसरसंगै रहेको बालगोपाल भजन मण्डलको समेत कलामत्मक जिर्णोद्वार गरिएको उहाँले जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031