सोमवार, जेष्ठ ७, २०८१

बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन सहित वर्षाको संभावना

काठमाडौं भाद्र २३,
मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय दक्षिणतिर अवस्थित मनसुनको न्यून चापीय रेखा र भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देश भर सामान्य बदलीसंगै देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै महाशाखाले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित मध्यम वर्षाको संभावना रहेको जनाउँदै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकाध स्थानमा भारी वर्षाको सम्भावनाको पूर्वानुमान गरेको छ । साथै यसवीचमा मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका हावाहुरीको समेत प्रवल संभावना रहेको जनाएको छ ।

त्यस्तै आइतबार पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकाध स्थानमा भारी वर्षाको सम्भावनासंगै लुम्बिनी प्रदेशका तराई भू९भागका थोरै स्थानमा हावाहुरीको संभावना रहेको जनाउँदै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै सोमबार कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031