सोमवार, जेष्ठ ७, २०८१

बाँकेमा ना ७ ख २३२१ नम्बरको रिजर्भ यात्रुबस ट्रकमा ठोक्किदा सातको मृत्यु, २९ घाइते

काठमाडौं भाद्र २३,
दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको रिजर्भ यात्रुबस बाँकेको शमशेरगन्ज राजमार्गमा रोकिराखेको ट्रकमा यात्रुबाहक बस ठोक्किदा सात जनाको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने सबै बसका यात्रु रहेको जनाउँदै उक्त दुघटृनामा २९ जना घाइते भएको जनाएको छ ।

 ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राति सवा ९ बजे बस ठोक्किएको जानकारी दिदै बाँके प्रहरीले दुर्घटनामा बसका चालक र सहचालकसहित सात जनाको मृत्यु भएको जानकारी दिए ।

त्यस्तै दुर्घटनामा मृत्यु भएकाहरुमा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षका काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६० वर्षीय सानुराम थारु, चालक ४५ वर्षीय जुगबहादुर चन्द, सहचालक रहेको र निजको नाम नखुलेको जनाउँदै घाइतेहरुको बाँकेको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031