सोमवार, जेष्ठ ७, २०८१

दलका पूर्वअध्यक्ष यादवमाथि भएको आक्रमणको विरोध गर्दै तरुण दल सडकमा

 काठमाडौं भाद्र २३,

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको अन्तरक्रिया कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणको विरोध गरेको छ ।  टाउको र गर्धनमा चोट लागेका यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आक्रमणमा संलग्न नुवाकोटका श्यामबहादुर सापकोटा प्रहरी नियन्त्रणमा छन् ।

तरुण दलले पार्टीका सहमहामन्त्री एवं तरुण दलका पूर्वअध्यक्ष यादवमाथि भएको आक्रमणको विरोधमा रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा दलका अध्यक्ष विद्वान गुरुङलगायत तरुण दलका बहुसख्यक नेताहरूको सहभागिता रहेको थियो । नेपाल तरुण दलले गणेशमान शान्ति बाटिकाबाट रत्नपार्क, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः शान्ति बाटिका रत्नपार्कसम्म विरोध सभामा गरेको  थियो ।

सभालाइ सम्बोधन गर्दै तरुणका नेताहरूले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीना सहित सरकार विरोधी नारावाजी गरेका थिए । प्रदर्शनको क्रमा तरुण नेताहरुले तरुण कार्यकर्ताले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’, ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031