सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेशमा हिक्मतकुमार कार्की पुन: मुख्यमन्त्री नियुक्त

काठमाडौं भाद्र २२,
कोशी प्रदेशमा हिक्मतकुमार कार्की पुन: मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी शपथ ग्रहण गराएका हुन् । निवर्तमान मुख्यमन्त्री उद्धव थापाले भाद्र ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले जारी गरेको परमादेशको आधारमा प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

सर्वोच्च अदालतको बिहीबारको परमादेशले संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा ४ अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

यसैवीच सपथ लगत्तै मुख्यमन्त्री कार्कीले ५ सदस्यीय मन्त्रिपरिषद्‌ समेत गठन गरेका छन । कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा तीलकुमार मेन्याङ्बोले सिँचाइ, ऊर्जा र स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईले वन तथा पर्यटन मन्त्रालय, एकराज कार्कीले भौतिक पूर्वाधार र सिर्जना राईले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन ।

९३ सदस्यीय कोशी प्रदेशमा सबैभन्दा बढी उपसभामुखसहित ४० सदस्य एमालेका छन् भने कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक सदस्य रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031