सोमवार, जेष्ठ ७, २०८१

भक्तपुरमा एमालेका १ हजार ७ सय ६१ नयाँ संगठित सदस्यको सपथ

भक्तपुर भाद्र २२,
नेपाल नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले पार्टीको नयाँ संगठित सदस्य लिएका १ हजार ७ सय ६१ जना कार्यकर्तालाइ सपथ ग्रहण गराएका छन ।
कार्यक्रममा नयाँ संगठित सदस्यहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले सपथ गराउँदै नेकपा एमालेमा संगठित भएका सदस्यहरुले नेकपा एमालेको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरण रुपान्तरण गर्न निर्देशन दिनुभयो ।

त्यस्तै इन्चार्ज ढुङ्गेलले जो पायो त्यहीँ व्यक्ति एमाले बन्न नसक्ने भन्दै जो व्यक्ति राष्ट्रवादी छ, देशभक्त छ, देश र जनताको हितको पक्षमा लाग्छ, त्यस्ता व्यक्ति मात्रै एमाले बन्न सक्ने बताउँदै अब मिसन २०८४ लक्षित हुँदै आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा नेकपा एमालेका उपाध्यक्ष बासुदेव थापा लगायतले वोल्नुभएको थियोभने केन्द्रीय सदस्य निर्मल भट्टराई, वागमती प्रदेश सभा सदस्य एवं युवा नेता किरण थापा, सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031