सोमवार, जेष्ठ ७, २०८१

तीन दिने कार्यक्रम सहित आसन्न संविधान दिवस मनाउने सरकारको निर्णय

काठमाडौं भाद्र १७,
नेपाल सरकारले आसन्न संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिने विशेष कार्यक्रम सहित मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

 बैठकको निर्णय अनुसार असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तर्क्रिया, दीपावलीलगायतका कार्यक्रम हुनेछन् भने असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्वलन गर्नेलगायतका कार्यक्रम हुनेछन्।

त्यस्तै गरि  असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यका बाहिर पनि विविध कार्यक्रमको आयोजना गर्ने कार्यसूची तय गरिएको  छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031