सोमवार, जेष्ठ ७, २०८१

पेप्सीकोला बस दुर्घटना अपडेट: थप एकको मृत्यु‚ बस चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं भाद्र १७,
काठमाडौंको पेप्सीकोलामा बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा भएको  सडक दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नं.  २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान २५ वर्षीया उषा थापा र सर्लाही घर भई काठमाडौंमा बस्दै आएका २१ वर्षीय राज भट्टराई रहेको प्रहरीले जनाएको छ ।

जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको बस र बा ६ च ५३४२ नम्बरको बलेरो जिप आइतबार बिहान आपसमा ठोक्किँदा वाग्मती प्रदेश ०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको थियो । बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

यसैवीच दुर्घटनामा घाइते भएका १४ जनामध्ये दुई जनाको मृत्यु भएको र बाँकी १२ जना केहीको सिभिल अस्पताल तथा केहीको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा क्रमस दोलखा भिमेश्वर नगरपालिका–१ घर भई हाल ललितपुरको इमाडोल ५२ वर्षीय कुमारबहादुर खाती, उदयपुरको त्रियुगा नगरपालिका–१० घर भई हाल भक्तपुरको काँडाघारी २२ वर्षीया कल्पना विक, मकवानपुर हेटौंडा घर भई हाल पेप्सीकोला बस्ने १७ वर्षीया रमिता प्रजा, काठमाडौंको मूलपानी बस्ने सशस्त्र प्रहरी बल नं.२० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत २९ वर्षीया सरस्वती खड्का रहेको प्रहरीले जनाएको छ।

 यस्तै बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, २१ वर्षीय राजकुमार मगराती, बस्ने २३ वर्षीय सुवास बस्नेत, ३३ वर्षीय पुन्यप्रसाद गौतम ,बोलेरो गाडी चालक २५ वर्षीय रमेश थापा, २२ वर्षीय अर्जुन रम्तेल, १६ वर्षीया पूजा खत्री रहेको र उनिहरुको मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031