सोमवार, जेष्ठ ७, २०८१

महानगर प्रमुख साहको आक्रमक एव् उत्तेजक अभिव्यक्तिको सर्वत्र निन्दा

काठमाडौं भाद्र १७,
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सामाजिक सञ्जालमा निकै  आक्रमक एव् उत्तेजक अभिव्यक्ति सहित मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् । महानगरको गाडी सरकारले रोकेकोमा आपत्ति जनाउदै प्रमुख साहले चोर सरकार भन्दै आक्रोश समेत पोखेका छन् ।

प्राप्त जानकारी अनुसार शनिवार अवेर साँझ महानगर प्रमुख साहको श्रीमती सवार महानगरको गाडी चेकजाँचको क्रममा ट्राफिक प्रहरीले सरकारी गाडी विदाको दिनमा चलाउँनका लागि विशेष पासको आवश्यक रहने जनाउ सहित गाडी रोकेको थाहा भएको छ ।

गाडी जो कसैको भएपनि नियम कानुन सवैलाइ समान हुने भन्दै ट्राफिक प्रहरी कागजात मागगर्दा समाजिक सञ्जाल मार्फत आक्रमक एव् उत्तेजक अभिव्यक्ति दिने महानगर प्रमुख साहको हर्कतको पछिल्लो समय चौतर्फी आलोचना भइरहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031