सोमवार, जेष्ठ ७, २०८१

सरकारलाइ सडकबाटै घुँडा टेकाउने युवा संघको चेतावनी

काठमाडौं भाद्र १६,
एमाले निकट राष्ट्रिय युवा संघ नेपालले, महंगीविरुद्ध काठमाडौंमा मसाल जुलुस निकालेको छ ।  काठमाडौंको बानेश्वरमा युवासंघका कार्यकर्ताले बानेश्वरमा एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्नलगायतका उपभोग्य वस्तुमा भएको मुल्यवृद्धि विरुद्ध विरोध प्रर्दशन गरेको हो ।

प्रर्दशनमा सहभागि, महंगी नियन्त्रण, हाम्रो आन्दोलन जारी छ, प्रहरी दमन मुर्दावाद, मुल्य वृद्धी फिर्ता गर लगायतका नारा लगाएका थिए ।
मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै, संघका कार्यवाहक अध्यक्ष पुष्प श्रेष्ठले, सरकारले मंहगी नियन्त्रणमा कुनै चासो नदिएको आरोप लगाए ।

‘आज हाम्रो देशले चरम मुल्य वृद्धि खेपिरहेको छ । हामीले बारम्बार सरकारलाई मुल्य वृद्धिबारे ध्यानाकर्षण गराउँदै गर्दा उहाँहरुले हाम्रो आवाजलाई सुनुवाई गरेन् ।’ उनले भने ‘ यदी सरकारले हाम्रो कुरा सुनेन भने ७७ जिल्लामा आगो बल्नेछ । सरकारलाई घुँडा टेकाउने छौं भनेका थियौं । त्यसै क्रममा आज देशैभरी मसाल जुलुस निकालिएको छ । ’

नीतिगत रुपमा सेटिङमा मुल्य वृद्धि भएको आरोप लगाएका उनले नीति गत भ्रष्टाचारमा उद्योग मन्त्रालय र गृहमन्त्रालयको समेत मिलेमतो रहेको आरोप लगाए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031