सोमवार, जेष्ठ ७, २०८१

चन्द्रगिरि सुरुङबाट प्रम प्रचण्डको आयोजना प्रमुखलाइ निर्देशन

काठमाडौं भाद्र १६,
प्रधानमन्त्री प्रचण्डले चन्द्रगिरिमा सुरुङबाट प्रभावित क्षेत्रको समस्या समाधानका लागि निर्देशन दिएका छन् ।

शनिबार चन्द्रगिरिमा जनतासँग माओवादी बिशेष रुपान्तरण महाअभियानलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले कार्यक्रमस्थलबाटै फोनमार्फत आयोजना प्रमुखलाई एक हप्ताभित्र सुझाव सहितको प्रतिवेदन बुझाउँन निर्देशन दिनु भएको हो ।

निर्देशन दिने क्रममा प्रम प्रचण्डले चन्द्रागिरिको सुरुङ्मार्गबाट प्रभावित जनताका समस्या बढो गम्भीर ढङ्गले मलाई राख्नुभयो सुरुङ मार्ग बनाउँदा घरहरु चर्किएर समस्या र खानेपानीको मुहानहरु सुकेको कुरा र यस प्रभावित क्षेत्रको राहतको निम्ति व्यवस्थाको कुरा उठाउँनु भएकोले मैले जनताकै बीचबाट भनेको छु । तपाईले एक हप्ताभित्र सुझाव सहितको प्रतिवेदन दिन प¥यो र समस्या समाधान गर्न के गर्नुपर्छ मलाई भन्नुहोला भन्दै निर्देशन दिनुभएको हो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031