सोमवार, जेष्ठ ७, २०८१

नेपाली कांग्रेसमा केन्द्रीय विभागीय प्रमुखको मनोनयन [सूची सहित]

काठमाडौ भाद्र १५,
नेपाली कांग्रेसको गत साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले तय गरेअनुरुप पार्टीका केन्द्रीय विभागीय प्रमुखको मनोनयन गरेका छन ।

पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ [संशोधन सहित] को धारा ३७ [१] [ग] बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको हो ।

सभापति देउवाले मनोनयन गर्नु भएको विभागीय प्रमसखहरुमा क्रमस १ कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभाग, पुष्पा भुसाल महिला विभाग, चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार विभाग,किरण यादव तराई—मधेश समन्वय विभाग,योगेन्द्र चौधरी थारु विभाग, गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय विभाग ,आङ्गेलु शेर्पा पर्यटन विभाग, डा. रणबहादुर रावल गैर सरकारी संस्था समन्वय विभाग, दिलमान पाख्रिन आदिवासी जनजाति विभाग रहेका छन ।

त्यस्तै प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग, रंगमती शाही पिछडिएको क्षेत्र विभाग, गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग, नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय विभाग , मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग, सीता थपलिया ९उर्मिला० उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग रहेका नेपाली काँग्रेसले जनाएको छ।