सोमवार, जेष्ठ ७, २०८१

शनिवार देशभर एकैसाथ जनतासँग माओवादी तीन महिने अभियानको शुभारम्भ हुँदै

काठमाडौ भाद्र १५,
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी तीन महिने अभियानको तयारी पूरा भएसंगै शनिवार देशभरका छ हजार सात सय ४३ वडामा एकैसाथ रूपान्तरण अभियानको शुभारम्भ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी दिएका छन ।

शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको लागि सबै जिल्लामा नेताहरु खटाइएको जानकारी दिदै प्रवक्ता सापकोटाले माओवादी नेतृत्वको सरकारले थालेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाह जनजनलाइ जानकारी दिन विशेष अभियानका साथ जन जनको वीचमा जाने नेताहरुलाइ विशेष जिम्मेवारी सहित सबै जिल्लामा नेताहरु खटाइएको जानकारी दिनुभएको हो ।

प्रस्तुत अभियान अन्र्तगत २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले शुरु गरेको सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराउने माओवादी केन्द्रको तयारी रहेको र अध्यक्षसहित २२ केन्द्रीय पदाधिकारीलाई तीनमहिने अभियानको उद्घाटनको जिम्मेवारी तोकेको जानकारी दिुभयो ।

 सत्तारुढदल माओवादी केन्द्रले अभियानका लागि जिम्मेवारी  दिइएका नेताहरमा क्रमस पार्टी अध्यक्ष प्रचण्डलाइ काठमाडौं चन्द्रागिरी–२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी–२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेत रहेको बताउनुभयो ।

त्यस्तै सचिव देवेन्द्र पौडेल कास्कीको पोखरा महानगरपालिका, लीलामणि पोख्रेल महोत्तरीको बर्दिवास नगरपालिका, गणेश साह काठमाडौँको बानेश्वर, हितमान शक्य रुकुमपूर्वको सिस्ने गाउँपालिका, हितराज पाण्डे गोरखाको पालुङटार नगरपालिका, डिलाराम आचार्य कैलालीको धनगढी उपमहानगरपालिका, सुरेन्द्रकुमार कार्की झापाको बुद्धशान्ति गाउँपालिका र कोषाध्यक्ष श्रीराम ढकाल चन्द्रागिरी नगरपालिकामा अभियानमा सहभागी हुने जनाएको छ ।

 साथै प्रवक्त सापकोटाले जनतासँग माओवादी तीन महिने अभियान तीन चरणमा सञ्चालन हुने जानकारी दिदै पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरणरविस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने बताउनुभयो ।

 दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवाभेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया गरिने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । तेस्तै तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिने उहाँँको भनाइ रहेको थियो ।

अभियानअन्तर्गत कम्तिमा छ । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्‍याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।