सोमवार, जेष्ठ ७, २०८१

यस्तो छ मन्त्रिपरिषद् बैठकका २० बुँदे निर्णय

एमसिसी स्वाभाविक ढङ्गले कार्यान्वयन हुने मन्त्री शर्माको जिकिर, शर्मा कार्यकारी निर्देशक र पनेरु महाप्रबन्धकमा नियुक्त

काठमाडौ भाद्र १३,
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको २० बुँदे निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशक पदमा डा। सनतकुमार शर्मा र नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा कैलाश कुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै सरकारका प्रवक्ता शर्माले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय संगै निजीकरण ऐन, २०५० बमोजिम प्रतिनिधि सभा सदस्यद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने , अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय र नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानीबाहकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत प्रदान गर्ने निर्णय भएको बताउनुभयो ।

 साथै उहाँले भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ,विद्युत्सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको बताउनुभयो ।

 यसैवीच उहाले सञ्चारकर्मीको प्रश्नको जवाफ दिनुहुँदै अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन [एमसिसी] स्वाभाविक ढङ्गले कार्यान्वयन हुने बताउँदै यदि यसवीचमा त्यस्तो कुनै समस्या आए आवश्यकता अनुसार छलफल गरेर सम्बोधन गरिने र यसमा सरकार सचेत रहेको बताउनुभयो ।  साथै मन्त्री शर्माले यस विषयमा भएको व्याख्यात्मक घोषणा सँग टाइअप गरेर कार्यान्वयनमा जान्छ भन्ने सरकारको बुझाइ रहेको बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु