सोमवार, जेष्ठ ७, २०८१

राहुल महरालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौ भाद्र १३,
जिल्ला अदालत, काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विद्युतीय चुरोट [भेप] मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि सीआईबीले पूर्व सभामुख कृष्ण वहादुर महराका छोरा राहुललाई बुधबार पक्राउ गरेको थियो । उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो । प्रहरीले १० दिन समय मागेको थियो । तर अदालतले ५ दिनको समय मात्र दिएको हो ।

यसअघि २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा सुन लुकाएर तस्करी गर्ने समूहसँग चोचोमोो रहेको अभियोगमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाइ सीआईबीले आजै पक्राउ गरेको हो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु