सोमवार, जेष्ठ ७, २०८१

एसिया कप क्रिकेट: नेपाललाई पाकिस्तानको तीन सय ४३ रनको लक्ष्य

काठमाडौ भाद्र१३,
एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करणको उद्घाटन खेलमा कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । आजबाट शुरु भएको एसिया कप क्रिकेटमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरका ६ विकेटको क्षतिमा तीन सय ४२ रन बनाएको हो ।

पाकिस्तानी कप्तान आजमले उत्कृष्ट ब्याटिङको नमूना प्रदर्शन गर्दै १३१ बलमा १५१ रन बनाए । उनले यस क्रममा १४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

त्यस्तै एसिया कपमा पहिलो पटक सहभागिता जनाएके नेपालका लागि सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए का थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु