सोमवार, जेष्ठ ७, २०८१

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक धनगढीमाई नगरपालिकाको अम्बासमा बस्दै

काठमाडौं भाद्र १३,
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आजबाट सिरहाको धनगढीमाई नगरपालिका–४, अम्बासमा बस्दैछ । पूर्वनिर्धारित योजनाअनुसार नै आज पार्टीको सचिवालय बैठक बस्न लागेको हो।

यसअघि सोहि स्थानमा भाद्र ९ गतेका लागि तय भएको सचिवालय बैठक अविरल वर्षाका कारण स्थगन गरिएको थियो । त्यस्तै सचिवालय बैठकले मुलत मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने, केन्द्रीय कमिटी बैठकको मिति तोक्नेलगायतका निर्णय गर्ने सम्वद्ध स्रोतले जनाएको छ।

 २०४६ भाद्र ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा पार्टीको चौथो महाधिवेशन यसै स्थानमा भएको र सो महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिवमा निर्वाचित गरेको ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बस्न लागेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु