सोमवार, जेष्ठ ७, २०८१

२० केजी चाँदीसहित यादव र  मानन्धर पक्राउ

काठमाडौं भाद्र १२,

गोलन्जोर गाउँपालिका-५ खनियाखर्क बजारबाट करिब २० केजी चाँदीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ बस्ने रोहित कुमार यादव र सप्तरी राजविराज नगरपालिका- ८ घर भई मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३७ वर्षीय शेचन मानन्धर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१(०२५ च १०६९ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक पछाडिको सिट मुनि ४ वटा प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त परिमाणको चाँदी वरामद गरेको हो ।

त्यस्तै प्रहरीले पक्राउ परेका अभियुक्त द्वयउपर आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जनाएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु