सोमवार, जेष्ठ ७, २०८१

निलबाराही गणनाचलाई मध्यपुर थिमि नगरपालिकाद्वारा बाजा हस्तान्तरण

भक्तपुर भाद्र १२
बोडेको ऐतिहासिक एवम् धार्मिक महत्वको निलबाराही गणनाचको संरक्षणका लागि मध्यपुर थिमि नगरपालिकाले मंगलवार ८ वटा दाग बाजा र १४ वटा पोङ्ग बाजा हस्तान्तरण गरेको छ ।

मध्यपुर थिमि वडा नं. ८ र ९ बोडेमा सदियौंदेखी निलबाराही गणनाच गाईजात्राको भोलीपल्टदेखी चार दिन चार रात प्रदर्शन गरिन्छ । बोडे द्य प्याखँले प्रसिद्ध यो नाच जुनसुकै परिस्थितीमा पनि नरोकी लिच्छवीकालदेखी निरन्तर सञ्चालन हुँदैं आएको छ ।

यो नाच एक कठिन तान्त्रिक विधि विधानयुक्त नाच हो । यो नाचमा देवता बनेर नाच्ने व्यक्ति नाच्नको लागि घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र ठूलै पानी परे पनि कतै ओट लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तीर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहीं कतै बस्न नहुने र बस्नै भर्ने भए जोकलको तिघ्रामा मात्र आसन लगाएर बस्नुपर्ने, दैनिक १४/१५ घण्टा थकाइ नभनी नाच्नुपर्ने विधान रहेको छ ।

देवगणलाई बाजा हस्तान्तरण गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले यहाँको कला सँस्कृति नगरको सम्पत्ति भएको र यसको संरक्षणका लागि नगरपालिकाले हरदम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । परापुर्वकालदेखी सञ्चालनमा आइरहेको भैल (भैरव) प्याखँ (नाच), महाकाली प्याखँ, निलबाराही द्यो प्याखँ जगेर्ना गर्न, व्यवस्थित गर्न स्थानीय माग अनुसार नगरपालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु