सोमवार, जेष्ठ ७, २०८१

१० विषयगत समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता

काठमाडौं भाद्र १० , 

प्रतिनिधि सभाका १० विषयगत समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ।   नेपाली कांग्रेसको तर्फबाट तीन ,प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ। त्यो बाहेक माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, जनमत र जसपाले १/१ सभापतिमा उम्मेद्वारी दिएका छन् ।

 राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी आरजु राणा, अर्थ समितिको सभापतिमा सन्तोष चालिसेले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट सार्वजनिक लेखा र महिला तथा सामाजिक समितिको सभापतिमा ऋषिकेश पोखरेल र किरणकुमार साहले उम्मेदवारी दिएका छन भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा मा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्ते उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले उम्मेद्वारी दिएका   छन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रको तफृबाट विमला सुवेदीले र यसअघि माओवादी केन्द्रको भागमा पूर्वाधार विकास समितिको सभापति भने राप्रपाको तर्फबाट दीपककुमार सिंहले उम्मेदवारी दिएका छन्। राप्रलाइ पनि साथमा लैजाने निति अनुसार एक समितिको सभापति दिदै सिटको भागवण्डा गरेको हो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा सांसद गणेश पराजुलीलाइ उम्मेदवार बनाएका छन्। रास्वपाले छुट्टै दलीय भागबण्डा भन्दा वाहिर रहेर उम्मेदवारी दिएको हो ।

यसैवीच संसद् सचिवालयले १० विषयगत समित मध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको  जनाउसंगै  उम्मेदवारी दर्ता प्रस्ताव सम्बन्धित समितिको सामेवार बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । त्यसलगत्तै प्रस्तावित सदस्य सभापति पदमा निर्वाचित भएको घोषणा गर्नेछन् ।  त्यस्तै नौ वटा समितका सभापति प्राय निर्विरोध निर्वाचित हुने निश्चित रहेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा मात्र केहि नितिगत अड्चन रहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु