सोमवार, जेष्ठ ७, २०८१

ललिता निवास जग्गा प्रकरण: चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर [मुद्धाको फेहरिस्त सहित]

काठमाडौं भाद्र १० ,
जिल्ला सरकारी वकिल कार्यालयले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध आज मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा हिनामिना गर्नेविरुद्ध मुद्दा चलाउनका लागि आवश्यक अनुसन्धान पछि गत मंगलवार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएसंगै आइतबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको हो ।

दायर मुद्धामा जिल्ला सरकारी वकिल कार्यालयले पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणी पौडेलवाहेक पूर्वउपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशी, पूर्वभूमि सुधारमन्त्री डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहसहित २९० जनालाई प्रतिवादी बनाएको छ ।

यस्तो छ दायर मुद्धाको फेहरिस्त :

त्यस्तै १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा अपचलन गर्ने दुई सय ९० प्रतिवादीमध्ये दायर मुद्दामा किर्ते कामबाट जोडिएको जग्गा खरिद गर्ने ५२ जना प्रतिवादीबाट जग्गा जफत गर्न मागदाबी सहित गरिएको छ।

त्यस्तै अवको चरणमा प्रस्तुत प्रकरणमा पक्राउ परेका प्रतिवादीको नै १८ जना बयान लिने प्रक्रिया शुर हुनेछ भने त्यसपछि थुनछेक बहस सुरु हुने भएको छ ।