सोमवार, जेष्ठ ७, २०८१

ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं भाद्र १० ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा आज भ्रष्टाचार मुद्दा दायर भएको छ।

आयोगका प्रवक्ता भोला दाहालले नापी अधिकृत गिरी र सर्वेक्षक लोकेन्द्र सिंह धामीले कित्ताकाटको लागि तोकिएको न्यूनतम मापदण्ड भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने कानुनी व्यवस्था विपरीत ललितपुरको साबिक टीकाथली गाविस ६, कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ को कित्ताकाट गरेको जनाउँदै सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुरमा नापी अधिकृत गिरी र सर्वेक्षक धामी विरुद्ध मुद्धा दायर गरिएको जानकारी दिनुभयो ।

त्यस्तै आयोगले ललितपुर मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोखरेल, खरिदार युवराज कटुवालले सोहि कित्ताको लिखत पारितको क्रममा कानूनी र निर्देशिकाले तोकेको कार्यविधि विपरीत लिखतहरु पारित गरेको आरोप लागेको छ।

राउसाई होल्डिङ्गस् प्रालि, ललितपुर महानगरपालिका २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठले जग्गा बेच्ने क्रममा नापी कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीलाई प्रभाव पारी गलत लिखत तयार पार्न लगाएको आयोगले जनाउदै आरोपितविरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय हुन मागदाबी सहित निजहरुविरुद्ध समेत मुद्धा दायर भएको आयोगले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु