सोमवार, जेष्ठ ७, २०८१

आजदेखि हल्का वर्षासंगै मौसममा क्रमिक सुधार हुने

काठमाडौं भाद्र ९,
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि क्रमिक रुपमा मौसममा सुधार हुने जनाएको छ । यद्यपी काठमाडौं उपत्यका सहित कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एकाध स्थानमा मध्यम वर्षा भइरहेको जनाएको छ ।

त्यस्ते महाशाखाले पछिल्लो समय नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भू९भागमा रहेको न्यून चापीय क्षेत्र प्रभाव संगै मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ ।

दिउँसो कोशी, मधेस र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भू९भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी र मधेस प्रदेशका एक९दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्ते शनिवार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एकाध स्थानमा हल्का वर्षा हुने पूर्वानुमानसंगै आइतबार र सोमवार देशका थोरै स्थानमा हल्का वर्षा हुनेछ पूर्वानुमान रहेको जनाएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु