सोमवार, जेष्ठ ७, २०८१

सङ्गंठनलाइ संस्थागत विधि र पद्धतिबाट अगाडी बढाउन नेता सिंहको निर्देशन

काठमाडौं भाद्र ९,

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सगंठनलाइ संस्थागत संंरचना अनुरुप विधि र पद्धतिबाट अगाडी बढाउन सकेमात्र संगठन गतिशिल हुने बताउनुभएको छ ।  काठमाडौं काँग्रेस क्षेत्र न ८ को प्रथम क्षेत्रीय सम्मेलनको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै काँग्रेसका पूर्व महामन्त्री समेत रहेका नेता सिंहले राजनितिमा लागि सकेपछि कर्म प्रधान बन्नु पर्नेमा जोड दिदै यस्तो अभिव्यक्ति दिनुभएको हो ।

 त्यस्तै सम्बोधनको क्रममा उहाँले काँग्रेस नेतृत्वको सरकारले जारी गरेको मुलुकको लोकतान्त्रिक संविधानको सुरक्षा एवम् संरक्षणको लागि गठबन्धमा जानु परेको बताउँदै पछिल्लो समय संगठनमा बढ्दो आन्त्रिक खिँचातानीसंगै एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसकेका कारण स्थित दिनानुदिन विकराल बन्दै आएको बताउनुभयो ।

काँग्रेसका नेता तथा कार्यकर्ताले कुनै पनि घटनाक्रमको विश्लेषण विना प्रतिक्रिया दिने काम गर्नु नहुँनेमा जोड दिदै उहाँले जनप्रतिनिधि र संगठनको सहकार्य अपरिहार्य रहेको बताउँदै ढुङ्गालाय माटोको भर माटोलाइ ढुङ्गाको भर भन्ने मान्यता अनुसार अघि बढ्नु पर्ने भन्दै जिते व्यक्ति हारे संगठन भन्ने गलत मानसिकता त्याग्न समेत निर्देशन दिनुभयो ।

 साथै संगठनलाइ गतिशील बनाउँन विधानत व्यवस्था रहेको दफागत व्यवस्था अनुसार आआफ्नो जिम्मेवारी निर्वाह गर्दै जन पक्षिय मुद्धाको सम्बोधन , यहाँको कला संस्कृतिको संरक्षणसंगै आवश्यकता अनुसार राजनैतिक प्रशिक्षणको कार्य सम्पादन गर्दै अगाडी बढ्न नेता तथा कार्यकर्तालाइ निर्देशन दिनुभयो ।

सम्मेलनमा बागमती प्रदेशका उपसभापति मोहन बहादुर बस्नेत, काठमाडौं काँग्रेसका सभापति सवुज वाँनिया, संविधान सभा सदस्यद्वय कृष्णा अमात्य, राज्यलक्ष्मी श्रेष्ठ, प्रतिनिधि सभा सदस्य सपना राजभण्डारी जोशी, महानगर वडा न १३ का इकाइ सभापति सुरेन्द्र मानन्धर लगायतले शुभकामना अभिव्यक्ति दिनु भएको थियो ।  क्षेत्र न ८ का सभापति राजेश श्रेष्ठको सभापतित्वमा सम्पन्न सम्मेलनले समितिले आगामी दिनमा आयोजना गरिने ५ बुँदे अवधारणा समेत पारित गरेको थियो ।                    

यो पनि

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु