सोमवार, जेष्ठ ७, २०८१

धरानमा बढ्दो साम्प्रदायिक ‘गतिविधि’लाई मध्यनजर गर्दै निषेधाज्ञा जारी

सामाजिक सद्‌भाव भड्किने गतिविधि स्थगन गर्न १३ राजनैतिक दलको आग्रह

काठमाडौ भाद्र ८,
जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राति १२ बजेदेखि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । डेंगु रोगको बढ्दो संक्रमण तथा पछिल्लो समय धरान केन्द्रित भएर बढेको साम्प्रदायिक ‘गतिविधि’लाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको हो।

सुरक्षा निकायसँग समन्वय गरेबाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक तथा राजनीतिक भेला प्रदर्शन नगर्न र नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

धार्मिक, साम्प्रदायिकका साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै संक्रामक रोग ऐन तथा स्थानीय प्रशासन ऐनबमोजिम शुक्रबार मध्यरातिदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जारी सूचनामा उल्लेख गरिएको छ।

त्यस्ते जारी  निषेधाज्ञाको सूचना अनुसार धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र र धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट बराहक्षेत्र नगरपालिका–३ चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा गरिएको छ। यस्तै, इटहरी उपमहानगरपालिका– २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका– ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ।

यसैवीच सुनसरीको धरान केन्द्रित भएर बढेका साम्प्रदायिक गतिविधिप्रति राजनीतिक दलका नेताहरूले चासो व्यक्त गरेका छन्। प्रमुख दलसहित धरानमा सक्रिय राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै सामाजिक सद्‌भाव विथोलिने कुनै पनि गतिविध नगर्न सबैमा आग्रह गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित १३ राजनीतिक दलहरूले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै साम्प्रदायिक उद्देश्यबाट प्रेरित भएर शनिबारका लागि निर्धारण भएका कार्यक्रमहरू स्थगित गर्न आग्रह गरेका छन्।

विज्ञप्तिमा सामाजिक द्वेष तथा आस्थामा ठेस पुर्‍याउने गतिविधि नगर्न पनि आग्रह गरिएको छ। धरानमा गोरु काटेर मासु खाएको घटनालाई लिएर पछिल्लो समय विवाद  बढेको हो । 

विगत केही दिनदेखि धरानमा असहज परिस्थिति उत्पन्न भइरहको भन्दै दलहरूले सामाजिक सहिष्णुता र सद्‌भाव विथोलिन सक्नेप्रति सवैलाई सजग  र  नेपाली समाजको बहुलतायुक्त विशेषतालाई आत्मसाथ गर्द सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्न साझा विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु