सोमवार, जेष्ठ ७, २०८१

चालु आवको शुरुवातमा नै महानगरले गर्यो ६५ करोड ४२ लाख राजस्व संकलन

काठमाडौँ भाद्र ८,
काठमाडौं महानगरले चालु आर्थिक बर्षको साउनमा ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको तुलनामा यसवर्ष २० करोड ३२ लाख ४१ हजार ४३ रुपैयाँ धेरै राजस्व संकलन भएको महानगरले जनाएको छ । गत वर्षको आव। २०७९/८० मा ४५ करोड ९ लाख ८९ हजार ३३६ रुपैयाँ राजस्व संकलन भएको थियो ।

संकलित राजस्वमध्ये सबैभन्दा धेरै घर बहाल करबाट ३१ करोड ६० लाख १८ हजार २२८ रुपैयाँ त्यस्तै गरि सम्पत्ति करमा १२ करोड ५८ लाख ४८ हजार ७७३ रुपैयाँ प्राप्त भएको महानगरले जनाएको छ । त्यस्तै अन्य राजस्व शिर्षकहरुमा भूमिकर, व्यक्तिगत आन्तरिक अनुदान, सेवा शुल्क, न्यायिक दस्तुर, नक्सा पास दस्तुर, पार्किङ् शुल्क, सिफारिस दस्तुर लगायत रहेको जनाएको छ ।

साथै यसवर्षको सम्पत्ति, बहाल तथा पट्टावापतको आयमा लाग्ने कर, साना सवारी साधन कर, बाँडफाँड भइ प्राप्त हुने मूल्य अभिवृद्धि कर, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर संगै वित्तिय निकायबाट प्राप्त हुने व्याज रकम प्राप्त हुन बाँकी रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु