सोमवार, जेष्ठ ७, २०८१

डा.कार्कीको निधनको शोकमा शुक्रबार देशभरका कांग्रेस कार्यालय बन्द गरिने

काठमाडौं भाद्र ७,
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आज विहान बसेको आकस्मिक बैठकले पार्टीका भाद्र ५ गते उपचारको क्रममा पूर्व केन्द्रीय सदस्य डा राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले कार्कीको निधनमा बिभिन्न शोक कार्यक्रम पनि तय गरेको छ । बैठकले आज र भोलि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निणर्यसंगै शुक्रबार केन्ददेखि जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरु शोक पुस्तिका राख्ने निणर्य गरेको छ ।

कार्कीको पार्थीव शरीरलाई आज विहान श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको थियो । कार्कीको अन्त्येष्टि आज नै पशुपति आर्यघाटमा गरिने कांग्रेसले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु