सोमवार, जेष्ठ ७, २०८१

क्षेत्रीय सम्मेलनमार्फत क्षेत्र न. ८ मा नविन उर्जाको सञ्चार हुने विस्वास

काठमाडौं भाद्र ७,
नेपाली कांग्रेसको काठमाडौं क्षेत्र न.८ को आगमी शनिवार प्रथम क्षेत्रीय सम्मेलन हुने भएको छ । काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न हुने क्षेत्रीय सम्मेलन मार्फत काँग्रेसमा नविनतम आयामको सञ्चार गर्ने तयारी क्षेत्रीय समितिले तय गरेको क्षेत्रीय सभापति राजेश श्रेष्ठले बताउनुभयो ।

 मुलककको राजनैतिक वृतमा उज्जवल नक्षत्रको पहिचान बनाउँन सफल काँग्रेस नेता एवम् पूर्व उद्योगमन्त्री स्व:नविन्द्रराज जोशीको राजनितिमा इमान्दारिता विचारमा प्रष्टता भन्ने पदचापलाइ मार्गदर्शन बनाउँदै क्षेत्रीय सभापति श्रेष्ठले काँग्रेसको विगत र आगतलाइ समेत दृष्टिगत गर्दै क्षेत्रीय सम्मेलन आयोजनाका विषयमा जानकारी दिदै आसन्न सम्मेलनले काँग्रेसमा नविन उर्जाको सञ्चार हुने विस्वास व्यक्त गर्नुभयो ।

त्यस्तै क्षेत्रीय समितिको वस्तुपरक विश्लेषण सहित सम्मेलनले पारित गर्ने गर्ने विविध प्रस्ताव सहित तय हुने कार्ययोजना अनुरुप क्षेत्रीय समितिलाइ भावी दिनमा क्रियाशील बनाउँन सिङ्गो क्षेत्रीय कार्यसमिति प्रतिवद्ध रहेको क्षेत्रीय सचिव पुष्करराज पाण्डेले बताउनुभयो ।  साथै सचिव पाण्डेले काठमाडौं महानगरको वडा न.१३ , १५ १९, २०,२३, २४ र नार्गाजुन नगरपालिको वडा न ४ र ५ वडा समेटिएको काठमाडौं क्षेत्र न ८ मा काँग्रेसको संगठनलाइ चलायमान बनाउँन  काठमाडौं महानगर वडा न १३ स्थित कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न हुने सम्मेलन कोशे ढुङ्गा सावित हुने अपेक्षा  सहित टोल समिति , वडा इकाइ समिति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ   तथा शुभेच्छुक संघसस्था , सञ्चारकर्मी लगायत काँग्रेस प्रेमी व्यक्तिहरुलाइ उपस्थितका लागि आग्रह गर्नुभयो । ।