सोमवार, जेष्ठ ७, २०८१

शुक्रबारसम्म भारी वर्षा, शनिबारदेखि मौसममा सुधार आउने

काठमाडौं भाद्र ७,
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि मौसममा सुधार आउने जनाएको छ ।  यद्यपी मनसुनी वर्षा अझै तीन दिन अर्थात शुक्रबारसम्म जारी रहने जनाउँदै यसवीचमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाउ संगै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकाध स्थानमा मेघ गर्जन र चट्याङहित भारी वर्षाको सम्भावना औल्याएको छ ।

त्यस्तै हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको र भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रकोसमेत प्रभावका कारण जनाउँदै काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा गएरातिदेखि नै निरन्तर वर्षा भइरहेको यो क्रम विहिवार  दिउँसो पनि जारी जनाएके छ।