सोमवार, जेष्ठ ७, २०८१

स्थायी र स्वतन्त्र पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष : विभाग

काठमाडौं भाद्र ६,
सूचना तथा प्रशारण विभागले दिने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्ष हुने भएको छ। यसअघि विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्र प्रत्येक आर्थिक वर्षका समाप्तिसंगै नविकरण गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्दै आइरहेको थियो ।

विभागले आज एक सूचना जारी गर्दै आएको स्थायी र स्वतन्त्र पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने जनाएकेछ । त्यस्तै अस्थायी प्रमाणपत्रको हकमा भने साविक कै व्यवस्था निरन्तर रहने विभागले जनाएको छ।

त्यस्तै, विभागले आज जारी २ बुँदे सूचनमा यस विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्ष अवधिको लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब उप्रान्त स्थायी र स्वतन्त्र पत्रकारको हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने तथा अस्थायी प्रमाणपत्रको हकमा साविक कै व्यवस्था निरन्तर रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ ।

त्यस्तै एफएम रेडियो इजाजत र लाइसेन्स प्रतिलिपी पनि अनलाइनमै पाउने व्यवस्था गरेको छ । विभागको वेबसाइटको ‘अन्य’ बाट प्रवेश गरेर निवेदन दिई सोको निर्णयपश्चात विभागबाट निवेदकको सम्बन्धित जिल्ला हुलाक कार्यालयमा सो प्रतिलिपि पठाइने व्यवस्था मिलाइएको विभागका प्रवक्ता भरत गौतमले जारी  सूचनामा उल्लेख गरिएको छ।

यसैवीच नेपालको प्रेस कानुनमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष भए पनि विभागले एक वर्षभित्र नवीकरण नगरे पुरानो परिचयपत्र खारेज गर्नेगरेको पत्रकारको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसमा चासो देखाएसंगै विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र अवधि थप गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसी जनाएको छ ।