सोमवार, जेष्ठ ७, २०८१

भाद्र १५ बाट राजधानीमा ५५औं एसियाली शारीरिक सुगठन प्रतियोगिता हुने

काठमाडौं भाद्र ६,
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजनामा ५५औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स प्रतियोगिता आगामी भाद्र १५ गतेबाट नेपालमा हुने भएको छ ।

प्रतियोगिता आयोजनाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष राजेशबावु श्रेष्ठले प्रतियोगिता मा एसियाका २५ देशका खेलाडीले ४५ विधामा प्रतिस्पर्धा गर्ने जानकारी संगै प्रतियोगिता एक साता चल्ने जानकारी दिनुभयो ।

त्यस्त्ै उहाँले होटल याकएन्ड यतिमा सञ्चालन हुने प्रतियोगिता सञ्चालन गर्न करिव तीन करोड ६२ लाख रुपियाँ अनुमानित रहेको जानकारी दिदै प्रतियोगितामा शारीरिक सुगठन खेलको १० वटा समूहका समूहगत विजेताबीच अन्तिममा प्रतिस्पर्धा गराइ मिस्टर एसिया–२०२३ घोषणा गरिने जानकारी दिनुभयो ।