सोमवार, जेष्ठ ७, २०८१

रोजगार नभएका जनशक्तिलाई श्रम बैङ्कमा आवद्ध हुन महानगरले खुलायो आवेदन

काठमाडौँ भाद्र ४ ,
काठमाडौं महानगरले रोजगार नभएका जनशक्तिलाई श्रम बैङ्कमा आवद्ध हुन सूचना प्रकाशन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको हो । प्रतावित नीति अनुसार सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुने गर्ने महानगरको कार्ययोजना रहेको छ ।

महानगरपालिका क्षेत्रमा चालु आर्थिक वर्षको लागि काम गर्न इच्छुक व्यक्तिले kathmandu.gov.np मा गएर सूचना र परिपत्र खण्डमा रहेको ‘काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको श्रम बैङ्कमा आवद्ध हुने बारेको सूचना’ मा थिच्नुपर्छ । यसपछि खुल्ने पेजमा सूचनाको व्यहोरा भएको र अनुसूची १ बमोजिमको फाराम सम्बन्धी २ वटा फाइल देखिनेछन् । आफूलाई चाहिने जानकारी सूचनाबाट लिन सकिनेछ । अनुसूची लेखिएको फाइल आवेदन भर्ने फाराम हो । यसमा आफ्नो विवरण, आफूले काम गरेको भए अनुभवनको क्षेत्र, आफूले चाहेको काम सम्बन्धी विवसण भर्नुपर्छ । फाराममा अन्यसहित ६४ प्रकारका काम उल्लेख गरिएको छ । यो फाराम डाउनलोड गरेर भर्न सकिनेछ । भरिएको फाराम आफू बसेको वडामा अथवा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउन सक्ने काठमाडौं महानगरले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोक्नका लागि महानगरले अधि सारेको प्रस्तुत योजनामा चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइने र स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराइने तयारी गरेको छ । साथै श्रम वैङ्कमा आवद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसेको हुनुपर्ने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु