सोमवार, जेष्ठ ७, २०८१

संसद् अवरोधप्रति राष्ट्रपतिको चासो, मंगलवार सर्वदलीय बैठक आव्हान

काठमाडौँ भाद्र ४ ,
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आाव्हान गर्नुभएकोछ । राष्ट्रपतिले संसदमा जारी गतिरोध लगायतका विषयमा छलफलका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आव्हान गर्नुभएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

मंगलबार बिहान साढे ८ बजेका लागि बोलाइएको सर्वदलीय बैठकमा संसद सञ्चालनमा देखिएको अवरोधको निकास पहिल्याउँने प्रयास अनुरुप राष्ट्रपति पौडेलले सर्व दलीय बैठकमा छलफल हुने बताइएको छ। यसअघि राष्ट्रपति पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतसंग पनि छलफल गरिसकेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु