सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभाको बैठक बस्दै, आजको बैठकमा अवरोध नहुने प्रम प्रचण्डको विस्वास[कार्यसूची सहित] 

काठमाडौं भाद्र ३,

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सुन तस्करी प्रकरणको छानबिनको  लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालले गत साउन १० गतेदेखि लगातार अवरुद्ध गर्दै आएको संसद बैठक आज दिउँसो १ बजे बस्न संसद सचिवालयले जनाएको छ।

 त्यस्तै आज बस्ने संसद बैठकका लागि संसद सचिवालयले सार्वजनिक कार्यसूचीमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम [१] को प्रयोजनका लागि प्रतिनिधिसभा सदस्य डा. सुनील शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराइने कार्यसूची रहेको छ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदन समक्ष प्रस्तुत गर्ने कार्यसूचीसंगै सभामुख घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने ,प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ को उपनियम १ बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

तर सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालले संसदमा गर्दै आएको अवरोधका कारण आजको बैठकपनि चल्ने वा नचल्लने विषय आफैमा अन्यौलमा रहेको अवस्था छ ।

यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि बैठकको अवरोध हट्न विश्वास व्यक्त गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले संसदको अवरोध हटाउन आफूले प्रयास तीव्र पारेको जानकारी दिँदै अवरोध हट्ने विश्वास व्यक्त गर्नुभएको हो ।

 त्यस्ते प्रमुख प्रतिपक्ष एमालेकै संसदीय दलका उपनेतासमेत रहेका पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि संसद अवरुद्ध गर्ने दलले त्यसको औचित्य पुष्टि गर्नु पर्ने अभिव्यक्ति दिएको पक्षलाइ दृटिगतगर्ने हो भने आजको बैठक निर्वाद रुपमा सञ्चालन हुने
लक्षण देखिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु