सोमवार, जेष्ठ ७, २०८१

एमाले संसदीय दलका उपनेता नेम्वाङले भने-संसदीय अभ्यासमा संसद् अवरोध नियमसँगत छैन

काठमाडौं भाद्र २,
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसंगत नभएको बताएका छन्। संघीय संसदद्वारा आज आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तर्क्रियामा नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका नेता नेम्वाङले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँगत नभएको उल्लेख गरे।

त्यस्तै ‘संसद् अवरोध नियमसंगत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन भन्दै नेता नेम्वाङले राजनीतिकरुपमा गरिने संसद अवरोधको पुनः पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी भएको बताउनुभयो ।

 मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने किन गर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतैक्ययता हुन नसकेपछि संघीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन्।

त्यस्तै कार्यक्रमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा पछिल्लो समय भइरहेको अवरोधप्रति आफ्नो सकारात्मक भाव नरहेको टिप्पणी गर्दै  ‘सदन अवरुद्ध किमार्थ न्यायसंगत प्रक्रिया मलाई मन परेको छैन, अवरोध नगरौं, संवाद गरौंनभएको बताउँदै संवादको माधयमबाट तत्काल संसद सूचारु गर्नुपर्ने बताउनुभयो । संवादको विकल्प संवाद मात्रै हो। अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन भन्ने जनाउ दिदै उहाँले संसद्को हालसम्मको काम कारबाहीको मूल्यांकन गर्दै थप प्रभावकारी तुल्याउन नागरिक समाजसहितको उच्चस्तरीय स्वतन्त्र संयन्त्र बनाउनुपर्ने बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु