सोमवार, जेष्ठ ७, २०८१

काँग्रेसजनलाइ काँग्रेसको महत्व बुझाउन् आवश्यक : नेता सिंह

५ बुँदे प्रस्ताव पारित गर्दै काठमाडौं काँग्रेस क्षेत्र न. ८ क प्रदेशको प्रादेशिक सम्मेलन सम्पन्न

काठमाडौं भाद्र २,

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसजनलाइ काँग्रेसको महत्व बुझाउन् आवश्यक रहेको बताउनुभएको छ । काठमाडौं काँग्रेस क्षेत्र न ८ क प्रदेश समितिको प्रथम प्रदेश सम्मेलनको शुभारम्भ गर्दै नेता सिंहले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

सम्मेलनको उद्घाटन सत्रलाइ सम्बोधन गर्ने क्रममा काँग्रेसका पूर्व महामन्त्री समेत रहेका नेता सिंहले विपि, गणेशमा र कृष्णप्रसाद योगदान र गर्विलो इतिहास वोकेको पार्टी नेपाली काँग्रेसमा पछिल्लो समय देखिएको विचलनका कारण केहि समस्या देखिएको स्वीकारोक्ति सहित समयको माग अनुसार अवका दिनमा पार्टीलाइ अगाडी बढाउनुको विकल्प नभएको बताउनुभयो ।

त्यस्तै उहाँले प्रदेश समितिले संगठनको सवलिकरणका लागि वर्ष ०८० लाइ प्रशिक्षण वर्षको रुपमा कार्यान्वयन गर्न खोजेको छ, त्यो आफैमा महत्वपूर्ण रहेको जनाउ सहित युवाहरुलाइ बढीभन्दा बढी सक्रिय बनाउँदै सामाजिक सञ्जालको प्रयोग मार्फत पार्टीको कामकारवाही जनवृतमा लैजान समेत आग्रह गर्नुभयो ।

साथै संगठन बलियो हुनु भनेको कार्यकर्ता वलियो हुनु हो भन्दै गुटगटको धरातल भन्दा माथि उठेर संगठनको विस्तारका लागि नयाँ आयाम कोर्न कार्यकर्ताहरुलाइ निर्देशन दिदै आफुले प्राप्त गरेको जिम्मेवारी अनुरुपको कार्य सम्पादनगर्दै  कांग्रेसको संगठन  राम्रो र बलियो बनाउँदै सकारात्मक सन्देश नागरिकमा बाँड्नुपर्नेमा जोड दिनुभयो

त्यस्तै वागमती प्रदेश समितिका उपसभापति एवम् नार्गाजुन नगरपालिकाका प्रमुख मोहन वहादुर बस्नेतले संगठनप्रतिको अपनत्व वोध गराउँनका लागि कार्यकर्ता वृतमा प्रशिक्षण लगायतका रचनात्मक कार्यक्रम लैजानु पर्नेमा जोड दिनुभयो ।

प्रदेश सम्मेलनमा प्रदेश समितिका सभापति इन्द्रमान सिंह सुवाल, क्षेत्र न.८का सभापति राजेश श्रेष्ठ, महासमिति सदस्य एवम संसद सदस्य सपना राजभण्डारी जोशी, काठमाडौं काँग्रेस जिल्ला समितिको तर्फबाट सहसचिव एव महाधिवेशन प्रतिनिधि रोमेल श्रेष्ठ, वागमती प्रदेशका प्रतिनिधि दावा दोर्जे लामाले संगठनको सक्रियताका लागि प्रदेश सम्मेलन कोशे ढुङ्गा सावित हुने बताउनुभयो।

प्रदेश मातहतका वडा इकाइ अन्र्तगत वडा न १३ , १९,२०, २३ र २४ को तर्फबाट वडा न २० का वडाध्यक्ष समेत रहनु रहेका वडा न .२०का इकाइ सभापति राजेन्द्र मानन्धरले वडा स्तरमा पार्टी संगठनको सचित्र प्रस्तुत गर्नुभएको थियो ।

 प्रदेश सम्मेलनले प्रस्तावित ५ बुँदे प्रस्तावको अनुमोदन सहित समितिले आफ्नो मातहतका वडा इकाइ र प्रदेशमा वर्ष २०८० लाइ प्रशिक्षण वर्षको रुपमा कार्यान्वयन गर्दै संगठनलाइ चलायमान बनाउँने लक्ष्य निर्धारण गरेको जनाएको छ ।

त्यस्तै प्रदेश सचिव सुसान बैधेले धन्यवाद ज्ञापन गर्नुभएको प्रदेश सम्मेलनमा महा समिति सदस्यहरु क्रमस राज्यलक्ष्मी श्रेष्ठ ,कृष्णा अमात्य, विजय गोपाल श्रेष्ठ, किरणकृष्ण जोशी महाधिवेश प्रतिनिधि लक्ष्मण मामानन्धर, राजेन्द्र राम श्रेष्ठ, धर्मरत्न पाछै , सिरता श्रेष्ठ, महेश नेपाली छोरी डैगोल, क्षेत्र न ८ ख् प्रदेशका सभापति शिव खनाल क्षेत्री समितिका सचिवद्वय पुष्करराज पाण्डे, शंकर पुडाशैनी , वडा न १३ का सभापति सुरेन्द्र मानन्धर, १९ इकाइको सभापति गोविन्द श्रेष्ठ, २३ का सभापति उत्तम मानन्धर, २४ का सभापति विनोद कुमार राजभण्डारी लगायत क्षेत्रीय पदाधिकारी ,प्रदेश समितिका पदाधिकारी, इकाइ समितिका पदाधिकारी लगायत उल्लेख्य काग्रेसजनको उपस्थिती रहेको थियो ।