सोमवार, जेष्ठ ७, २०८१

मनसुनको प्रभाव : कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं भाद्र ३,
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बदलीसंगै आज कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित रहेको र भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रकोसमेत आंशिक प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाउको छ ।

त्यस्तै आज दिउँसो लुम्बिनी प्रदेशसहित देशका पहाडी भू९भागको केही स्थानमा समेत मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याउँदै महाशाखाले आज राति कोशी, बागमती र गण्डकी प्रदेशको एकाध स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

साथै भोलि सोमबार पनि मुलुकको सबै प्रदेशमा र मंगलवार पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु