सोमवार, जेष्ठ ७, २०८१

सभामुखको सुझाव: संसदको गतिरोध अन्त्यका लागि दलीय सहमतिमा अधिकतम पहल गर्नु

प्रधानमन्त्री र सभामुखबीचको छलफल:
काठमाडौं भाद्र १
संघीय संसद्मा जारी अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासबालुवाटारमा भएको छलफलमा क्रममा प्रधानमन्त्री दाहालले अवरोध खुलाउन प्रतिपक्षी नेकपा एमालेका नेतासँग थप पहल गर्ने बताउँदै सभामुख घिमिरेलाइ समेत सदन खुलाउने भूमिका खेल्न आग्रह गर्नुभएको छ ।

तर सभामुख घिमिरेले प्रम दाहालको आग्रहसंगै दलीय सहमति नहुँदासम्म सदन सुचारु हुन नसक्ने जनाउ दिदै दलीय सहमतिका लागि अधिकतम पहल गर्न सुझाएको थाहा भएको छ।

स्मरण रहोस, नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर साउन १० गतेदेखि संसद निरन्तर अवरुद्ध गर्दैगर्दा सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा काण्ड लगायतका विषय माथि सदनमा प्रवेश पाउन सकेको छैन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु