सोमवार, जेष्ठ ७, २०८१

बागेश्वर बाबा नामले परिचित भारतका चर्चित धार्मिक गुरु धिरेन्द्र कृष्ण शास्त्री नेपालमा

काठमाडौं भाद्र १ ,
बागेश्वर बाबा नामले परिचित भारतका चर्चित धार्मिक गुरु धिरेन्द्र कृष्ण शास्त्री नेपाल आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि उनि  आज नेपाल आएका हुन ।

जगद्गुरु रामभद्राचार्य के शिष्य रहेको शास्त्रीले भारतको मध्य प्रदेशको छतरपुर जिल्लामा तीर्थ स्थल बागेश्वर धाम सरकारको प्रमुख पीठाधीश्वरको जिम्मेवारी वहन गर्दै रामचरितमानस र शिव पुराणको उपदेश दिदै आएका छन । दिव्य शक्तिका अनुयायी शास्त्रीले बागेश्वर धाममा अन्नपूर्णा भान्छाघरको स्थापना गर्दै आफ्ना अनुयायिहरुका लागि निःशुल्क भोजन प्रसाद की व्यवस्था समेत गर्दैआएका छन ।

चौधरी गु्रुपको आमन्त्रणमा नेपाल आउनुभएका शास्त्रीले आज अपरान्ह ४ बजे पशुपतिनाथको दर्शनसंगै धार्मिकभेटघाट समेत गर्ने कार्यक्रम रहेको बुझिएको छ । त्यस्तै आजै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

 शनिवार उनि नवलपरासीस्थित चौधरी समूहले श्री काञ्ची शङ्करा सदाशिव लिङ्गम्को नामले स्थापना गरिएको शाश्वत धाम पुग्नेछन् । जहाँ उनले भाद्र २ देखि ४ गतेसम्म हनुमान कथा वाचन गर्नेछ कार्यक्रम तय भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु