सोमवार, जेष्ठ ७, २०८१

शनिबार काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने

काठमाडौं भाद्र १
नेपाल विद्युत् प्राधिकरणले आज एक सार्वजनिक सूचना जारी गर्दै भोलि ९भदौ २ गते शनिबार काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले शनिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।

साथै निर्धारित समयअघि काम सम्पन्नभए निर्धारित समय अगावै विद्युत् सेवा सञ्चालनमा आउने जनाउँदै प्राधिकरणले विद्युत् सेवा अवरुद्ध हुने क्षेत्रहरुमा सीतापाइला फिडर अन्तरगत बाफल, बुढाथोकी कोल्डस्टोर, सिविल होम्स, अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री, इचंगुनारायण मन्दिर रहेको छ ।

यस्तै, बाफल फिडर अन्तरगत बाफल, ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू सानो भ¥याङ, बारुदखानालगायत ५४ स्थानहरु रहेको जनाएको छ ।