सोमवार, जेष्ठ ७, २०८१

सर्वोच्चका प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध ३ वटा उजुरी दर्ता

काठमाडौं भाद्र १,
संसदीय सुनुवाइ समितिले गत साउन २३ गते प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध आव्हान गेको १० दिने समय सिमा सहितको उजुरी आह्वानको क्रममा ३ वटा उजुरी परेका छन् ।

संसद् सचिवालयका प्रस्तावित प्रन्या श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेको जनाउ सहित अब बस्ने समिति बैठकले प्राप्त उजुरी खोल्ने र छलफलको चरण शुरु हुने जनाएको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले साउन २० गतेबाट अनिवार्य अवकाशपाएसंगै सर्वोच्चमा बहाल १४ मध्ये वरिष्ठतम् न्यायाधीश मध्ये साउन १८ गते बसेको संवैधानिक परिषद्‌को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यस्ते साउन २१ गतेबाटै श्रेष्ठले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी ग्रहण गरेका थिए ।

अवको चरणमा श्रेष्ठविरुद्ध परेको उजुरीको छिनोफानोसंगै उनको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।