सोमवार, जेष्ठ ७, २०८१

उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुँन्छ :कानुनमन्त्री गुरुङ

काठमाडौं भाद्र १,
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनलाइ सम्बोधन गर्दै उच्च तहका सबै नेताको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् ।

त्यस्तै कानुनमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरुरू सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने जनाउ सहित सरकार मुलुकमा सुशासन स्थापित गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

साथै उहाँले भ्रष्टाचारको लिंग, जात, धर्म हुँदैन भन्ने मान्यतामा सरकार अडिग रहेको भन्दै कानुनमन्त्री गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरण होस वा ललिता निवासजग्गा प्रकरणसँगै अहिले सुन तस्करीकाण्डमा संलग्न जो कोही भएपनि कारबाही हुने विषयमा शंका नगर्न आग्रह गर्नुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु