सोमवार, जेष्ठ ७, २०८१

नेकपा एमालेको प्रदेश अधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं भाद्र १,

नेकपा एमालेले भाद्र १६ देखि असोज २२ गतेभित्र सातवटै प्रदेशमा पार्टीको प्रदेश अधिवेशनका सम्पन्न गर्न निर्देशन सहित अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयले शुक्रबार पठाएको अन्तर पार्टी निर्देशनमा सातै प्रदेशको अधिवेशनको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यतालिका अनुसार भाद्र १६ र १७ गते लुम्बिनीमा प्रदेश अधिवेशन आयोजना हुनेछ भने असोज ५ र ६ गते मधेश प्रदेशको अधिवेशनको मिति तोकिएको छ। त्यस्तै असोज ८ र ९ गते बागमती, असोज १० र ११ गते कर्णाली , असोज १२ र १३गते कोशी ,असोज १५ र १६ गते गण्डकी , असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा अधिवेशन गर्ने एमालेले तयारी गरेको छ ।

एकतिहाइ युवा प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य सहित एमालेल ४० वर्षमुनिका युवाको सहभागिता प्रदेश कमिटीमा न्यूनतम १० प्रतिशत, जिल्लामा न्यूनतम १५ प्रतिशत, पालिकामा न्युनतम २० प्रतिशत र वडा तथा टोलमा कम्तिमा एकतिहाइ पुर्‍याउने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु