सोमवार, जेष्ठ ७, २०८१

जनमत पार्टीकी मन्त्री अनिता देवीले लिइन पद तथा गोपनियताको शपथ

काठमाडौं साउन २९ ,

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्व सरकारमा राष्ट्रिय जनमत पार्टी सहभागि भएका छन । यसअघि आफूले खोजेको उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको जनमत चार पहिनापछि सरकारमा सहभागि भएको हो ।

यसअघि तत्कालीन खानेपानी मन्त्री अब्दुल खानले आफूले पाएको खानेपानी मन्त्रालय प्रति असन्तुष्टि जनाउदै २०७९ चैतमा राजिनामा गरेका थिए । मन्त्रीमण्डल पुनगर्ठनमा प्रधानमन्त्रीले उनलाई पुन खानेपानीमै राखे पछि जनमतले असन्तुष्ट व्यक्त गर्दै सरकाबाट वाहिरिएको थियो ।

 जनमत पार्टीका नेत्री अनिता देवी साहले आज प्रचण्ड नेतृत्व सरकारमा सहभागी हुँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको वहनका लागि आज बिहान १० बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथग्रहण गरेकी छन् । जनमत पार्टीलाइ सरकारमा सहभागी गराउ माओवादी केन्द्रले पार्टी नेता अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको हो ।