सोमवार, जेष्ठ ७, २०८१

आज प्रतिनिधिसभाको बैठक बस्दै, संसद चल्न नसक्ने प्रतिपक्षीदलको जनाउ

काठमाडौं साउन २९ ,
आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सुरु हुने बैठकका लागि संसद सचिवालयले जारी गरेको संभावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची रहेको छ ।

यस्तै बैठकको थप कार्यसूचीमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारीसंगै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ९१० को प्रयोजनका लागि प्रतिनिधिसभा सदस्य डा। सुनील शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराइने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदन समक्ष प्रस्तुत गरिनेछ ।

बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने र सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ को उपनियम १ बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको जनाएको छ ।

यद्यपी विगत दुइ साता यतादेखि सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले संसद बैठकमा गर्दै आएको अवरोधका कारण आजको बैठक पनि अवरुद्ध हुने संभावना रहेको छ । आइतवार संसद बैठक अवरुद्धताको सवालमा जानकारी दिन प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्दै सरकारले सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति नबनाएसम्म एमालेले संसद्मा गर्दै आएको अवरोधलाइ जारी राख्ने बताउनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु